मुलुकको ७५३ स्थानीय तहमा भएको निर्वाचनको मत परिणाम धमाधम आउने क्रम जारी छ । कतिपय पालिकाको त परिणाम पनि सार्वजनिक भइ नै सकेका छन् । यद्यपि मुलुकको मुख्य शहरहरुको मत गणना भने जारी नै छ र अझै केही दिन लाग्ने अनुमान पनि गरिएको छ । मध्य तराईकै कुरा गर्ने हो भने बाराको कलैया, जीतपुर सिमरा सहित वीरगन्ज र अन्य स्थानीय तहको पनि चुनावको मत गणना जारी छ ।

मुलुकका केही भागको चुनावको परिणाम भने न त एमालेले सोचेको जस्तो भएको छ न त सत्तापक्षले सोचेको जस्तो भएको छ । चुनावको परिणाम त अनपेक्षित नै छ । काठमाडौंको कुरा गर्दा एमालेले निकै मतअन्तरले जितको ठाउमा हारको डर बढी छ ।

केही स्थानमा स्वतन्त्र उम्मेदवारहरु पनि हाबी भएका छन्। वीरगन्जकै कुरा गर्दा पनि अब बिजय कुमार सरावगीले राजेशमान सिंहलाई भेट्टाउन हम्मेहम्मे पर्ने देखिएको छ । त्यसैले पनि यसपालीको मत परिणाम अनेपेक्षित नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here