वीरगन्ज,पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रमोद गिरी विजयी हुुनभएको छ । ४ सय ४७ मत प्राप्त गरी गिरी वडाअध्यक्षमा निर्वाचित हुनुभएको हो ।

गिरीका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राजु बाबु गिरीले २ सय ६७ मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वंका राउत कुर्मीले २ सय ३८ मत ल्याउँदा र जनता समाजवादी पार्टी (जसपा) नेपालका चन्द्रभुषण प्रसाद १ सय ३५ मतमा सिमित हुनुभएको छ ।

२०७४ को स्थानिय तह निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम नेपालबाट निर्वाचित हुनुभएका लोसपाका उम्मेदवार कुर्मी निर्वतमान वडाध्यक्ष हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here