निजगढ,निजगढ नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेश र नेकपा माओवादी पार्टी परित्याग गरी २ दर्जन कार्यकर्ता र समर्थकहरु नेकपा एमालेमा प्रवेश गरेका छन । शनिवार कुलियामा आयोजित कार्यक्रममा काग्रेशका बहादुर वाइवा, पूर्णबहादुर स्याङ्गतान, नरबहाुर बोम्जन, राजकुमार मोक्तान, तिलक बुढाथोकीसहित नेकपा माओवादीका तिलक घलान, सुनिल घलानलगायत १५ जना स्थानीय कार्यकर्ता र मतदाता एमालेमा प्रवेश गरेका हुन ।

उनीहरुलाई नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमालेको तर्फबाट वडा नम्बर १२ मा अध्यक्ष पदका उम्मेदवार युवक तामाङ्गलगायत एमाले जिल्ला कमिटी सदस्य शर्मिला केसी, नारायण खडका, गोपाल लम्साल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here