नरेश गुप्ता

बरियारपुर,कलैया उपमहानगरपालिका वडा नम्बर १८ घर भएकी एक नाबालिकालाई अपहरण गरि जबरजस्ति करणी गरेको आरोपमा एकजना युवक रौतहटबाट पक्राउ परेका छन ।

रौतहट जिल्ला कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोल बस्ने मोदन मियाका छोरा वर्ष २० का अफरोज अंसारीले विभिन्न प्रकारका डर, त्रास देखाएर नाबालिकलाई अपहरण गरि एकान्त स्थानमा लागि जबरजस्ति करणी गरि कोठामा बन्धक बनाएर राखेको अवस्थामा प्रहरी टोलीले २० गते पीडितलाई उद्धार गरी फरार रहेका अंसारीलाई बैशाख १७ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराले शरीर बन्धक तथा जबरजस्ति करणी मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here