हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा बिहीबार मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरले शसक्तिकरण कार्यक्रमको आयोजना गरेको छ । उक्त समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममको प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाको सामाजिक बिकास महाशाखाकी प्रमुख बिष्णुकुमारी लामिछाने रहनु भएको थियो ।कार्यक्रममा बोल्दै लामिछानेले समाजमा महिलामाथि लगाइने सामाजिक लान्छना अझै कायम रहेका कारण यसका बिरुद्ध सबै एक हुनुपर्नेमा जोड दिनुभयो । मान अधिकारका लागि एकल महिला समूह बागमती प्रदेशकी अध्यक्ष देवकी पौडेलले एकल महिलाहरु अब एक जुट भएर आफ्नो अधिकार स्थापनाका लागि लाग्नु पर्नेमा जोड दिनुभयो । टीकाकुमारी पौडेलकै अध्यक्षतामा भएको कार्यक्रममा शान्ति टोल बिकास संस्थाका अध्यक्ष बद्री आचार्य,बिश्वराज नेपाल लगायतले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम रखा पुडासैनीको सहजिकरणमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here