बुधबार काठमाडौंमा सत्तारुढ ५ दलीय गठबन्धनबीच स्थानीय तहको चुनावको भागबण्डा हुदै गर्दा कांग्रेसका नेताहरु शेखर कोइराला र गगन थापाले लामै कानेखुसी गरे । उनीहरुको कानेखुसीको अर्थ पनि थियो । बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि सत्त गठबन्धनले सहमति गरेसंगै बिभिन्न तरंग उत्पन्न भयो र त्यसको असर काँग्रेसका केन्द्रीय नेताहरुमा पनि परेको हो ।

त्यसो त त्यसको साइड इफेक्टहरु त जिल्लामा यत्रतत्र नै छरिएका छन् । कांग्रेसका विभिन्न जिल्लामा तालाबन्दी लगायतका कामहरु भएका छन् । गठबन्धनको तीव्र बिरोध भएको छ । तर यो गठबन्धनका लागि कांग्रेसका सभापती शेरबहादुर देउवाले एकल निर्णय जस्तै गरेर भागबण्डा लगाएका हुन् ।

अब उनको यो कदमले कति सफलता हासिल गर्छ भन्ने कुरा त चुनावको मत परिणामले स्पष्ट पार्नेछ । तर, कांग्रेसको तल्ला तहसम्म देखिएको असन्तुष्टिले एक खालको समस्या हुने आँकलन छ र त्यसैका कारण पनि एमालेले धेरै स्थानमा जित्ने छ भन्ने एमालेलाई परेको छ । जे भएपनि गठबन्धनको सिण्डीकेटले फाइदा भने कसकसलाई दिने छ त्यसका लागि भने समय कुर्न पर्ने छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here