कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा डिभिजन वन कार्यालय पर्साको आयोजनामा वन डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक अभियान संचालन गरिएको छ ।

अभियान अन्तर्गत जिराभवानी गाउँपालिका वडा नम्बर २ रहेको वन शक्ति आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक, प्रहरी, जनप्रतिनिधि, सन्चारकर्मी र वन कर्मचारी लगायतको टोलीले जनचेतनामूलक र्याली निकालिएको सब डिभिजन वन कार्यालय बसन्तपुरका रेन्जर सुमन पाण्डेले जानकारी दिनुभयो ।

र्यालीले हाम्रो आफ्नो वन छ, डढेलो रोक्ने मन छ, वन डढेलो शत्रु हो आऊ न रोकौ मित्र हो, वन डढेलो नियन्त्रण गरि हरियाली बढाउनुपर्छ भन्ने जस्ता नारा अन्कित ब्यानर बोकेर काठमाडौ टोल, बसन्तपुर, पिपरा, हरैया, सखुवनिया गाउँ परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here