सिमरा,नेकपा माओवादी केन्द्रकी मधेस प्रदेश कमिटी सदस्य रिता यादबसहित दर्जनौं माओवादी नेता, कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

विश्रामपुर गाउँपालिका कमिटीका अध्यक्ष मनिर देवान, प्रसौनी गाउँपालिका कमिटीका सचिव सरोज साहलगायत दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र परित्याग गरी बुधवार एमालेमा प्रवेश गरेका हुन ।

अध्यक्ष देबानसँगै उहाँले नेतृत्व गरेको विश्रामपुर गाउँपालिका कमिटी नै एमालेमा प्रवेश गरेको छ । नवप्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सहईन्चार्ज पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वाला साह, केन्द्रीय सदस्य बलवीर चौधरी, एमाले बारा जिल्ला अध्यक्ष विनोद साह लगायतले पार्टीमा स्वागत गरेको एमाले बाराका नेता मनोज पौडेलले जानकारी दिनुभयो ।

एमाले प्रवेश कार्यक्रममा बोल्दै मधेस प्रदेश कमिटी यादवले माओवादीले देशमा अब केही पनि गर्न नसक्ने भएकोले जनताको लागि काम गर्ने पार्टी एमालेमा प्रवेश गरेको बताउनुभयो ।

त्यसैगरी गाउँपालिका अध्यक्ष मनीर देवानले माओवादीले जनतालाई भ्रममा पार्ने काम मात्र गरेको उल्लेख गर्दै माओवादी पार्टी परिवारपथमा लागेकोले माओवादीमा बस्न नसकिने भएर आफूले नेतृत्व गरेको कमिटीका पदाधिकारी र सदस्यहरु सबै एमालेमा प्रवेश गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here