बाराको सिमरामा जारी जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत आइतवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागीय टिम एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा भएको खेलमा शेर्पालाई ३÷२ ले पराजित गर्दै एपिएफले सेमिफाइनलको यो यात्रा तय गरेको हो ।

एपिएफको जीतमा दिपेश धिमाल, बि.के तामाङ्ग र अर्मान्ड बेडमले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठले भने एक्लै दुई गोल गरेका थिए । रोमाञ्चक खेलमा शेर्पाले आक्रामक सुरुवात गरे पनि नतिजा आफ्नों पक्षमा पार्न सकेन् । खेलको सुरुवात मैं शेर्पाले वन भर्सेस वनको स्थितिमा गोल गर्ने अवसर गुमायो । शेर्पाका अजिज ओलावालेले प्रहार गरेको उक्त बल क्रसबार बाट बाहिरियो ।

सुरुवातको केही समय खेल आफ्नों पक्षमा राखेको शेर्पाले खेलको २७ औं मिनेंटमा पहिलो गोल खान पुग्यो । नविन लामाको कर्नर बललाई सदुपयोग गर्दै एपिएफका दीपेश धिमालले टिमलाई अग्रता दिलाएका थिए । दीपेशको गोलसंगै आक्रामक बनेको एपिएफले खेलको ३३ औं मिनेंटमा दोस्रो गोल थप्यो ।

नविनको क्रस बललाई सदुपयोग गर्दै एपिएफका बिके तामाङ्गले खेल २÷० को स्थितीमा पुर्याएका थिए । खेलमा दुई गोलको अग्रता लिए पछि एपिएफले पहिलो हाफमा आफ्नों पक्षमा राखेको थियो ।

सुरुवात राम्रो गरे पनि एपिएफले अग्रता लिए पछि दवावमा देखिएको शेर्पाले खेलको ३३ औं मिनेंटमा गोल अन्तर घटाउँने राम्रो अवसर गुमायो ।

शेर्पाका बिकास मेराग्लियाले र अजिज ओलावाले गोल गर्ने गुमाएका थिए । डि–बक्स भित्रको बललाई उनिहरुले पोष्टको दिशा दिन सकेनन् ।

दोस्रो हाफमा दुबै टिम आक्रामक देखिए । बिभागिय टिमको चुनौंती सामना गरेको शेर्पाले खेलको ५० औं मिनेंटमा गोल अन्तर घटाएको थियो ।

एपिएफका दिपेश घिमालले शेर्पाका बिकास मेराग्लियालाई लडाएपछि पाएको पेनाल्टीमा कप्तान विश्वास श्रेष्ठले गोल गरेका थिए । विश्वासको पेनाल्टीलाई एपिएफका गोलरक्षक युया कुरियामोले ठम्याउन सकेनन् ।

बिश्वासको आकर्षक गोलले खेलमा फर्कन खोजेको शेर्पा बिरुद्ध एपिएफले ५६ औं मिनेंटमा तेस्रो गोल थप्यो । प्रदिप लामाको क्रसलाई सदुपयोग गर्दै अर्माण्ड बेडमले गोल गरेका हुँन् । बेडमको गोलसँगै ए.पि.एफले खेलमा ३÷१ को अग्रता लियो ।

खेलको पहिलो हाफको तुलनामा लयमा देखिएको शेर्पाका लागि विश्वास श्रेष्ठले खेलको ६८ औं मिनेंटमा आकर्षक गोल गर्दै टिमलाई खेलमा फर्काउँने प्रयास गरे ।

डि–बक्स बाहिरबाट बिश्वासले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । घरेलु दर्शकको समर्थन पाएको शेर्पाले गोल अन्तर घटाए पछि प्रतिस्पर्धा रोमाञ्चक बन्न पुग्यो ।

दुबै टिमले आक्रामक प्रदर्शन गरे पछि खेलको अन्तिम १० मिनेंट निकै प्रतिस्पर्धात्क रहेको थियो । खेलमा फर्कने अवसर पाएको शेर्पाले केही अवसर भने चुकाएको थियो ।

खेलको ७१ औं मिनेंटमा सत्यम शर्माको प्रहार क्रस बारमा ठोक्किनु शेर्पाका लागि दुर्भाग्य सावित भयो । लगत्तै अजिजले गरेको प्रहार एपिएफका गोल रक्षकले उत्कृष्ट बचाउ गरे ।

अन्तिम समयमा आकर्षक लयमा देखिए पनि शेर्पा फिनिसिङ्गमा चुकेको थियो ।

यता एपिएफका प्रदिप लामाले खाली पोष्टमा गोल गर्ने अवसर गुमाए । शेर्पाका गोलरक्षक बिट भएको अवस्थामा प्रदिपको प्रहारले पोष्टको दिशा लिन सकेन् । प्रदिपले अन्तिम समयमा पाएको अवसर चुकाएसँगै ए.पि.एफले ३÷२ को जित निकालेर अघिल्लो यात्रा तय गरेको हो ।

एपिएफको जितमा उत्कृष्ट प्रर्दशन गरेका अर्माण्ड म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत सोमवार आयोजक नव जनजागृति युवा क्लब र सुदूपश्चिम ११ बिच खेल हुँने छ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here