सिकिन्द्र साह

सिम्रौनगढ,साँवा र ब्याजसमेत भुक्तानी गरिक्दा पनि साहूले सक्कली लुकाएर नक्कली तमसुक दिएपछि बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटाका रामकिशोर प्रसाद यादब यतिबेला चिन्तामा परेका छन ।

ऋण बापतको ५ लाख साँवा र ब्याजसमेत हिसाब गरेर चुक्ता गरेपछि साहूले सक्कली तमसुक लुकाएर नक्कली तमसुक दिएको जानकारी पाएपछि रामकिशोरको चिन्ता बढेको हो । आफूसंग फेरि रकम असुलेर ठगी गर्न सक्कली तमसुक नदिएको हुनसक्ने आशंकामा रामकिशोर चिन्तित बनेका हुन ।

रामकिशोरले ०७४ साल भदौंमा रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ६ प्रतापुरपल्टुवाका हरिश्याम प्रसाद यादबसंग कपाली तमसुकको आधारमा लिएको ५ लाख रुपैया साँवाको ब्याजसहित ११ लाख रकम २०७८ साल फागुन २५ गते चुक्ता गर्नुभएको थियो । तर सावा र ब्याजसमेत तेरेपछि पनि साहू हरिश्यामले झुक्याएर नक्कली तमसुक दिएको आफूसंग फेरि रकम असुल्न खोजेको पीडित रामकिशोरले बताउनुभएको छ । पटकपटक अनुरोध गर्दा पनि तमसुक फिर्ता गर्न आनाकानी गर्दै आएका हरिश्यामले राति आफ्नै घरमा आएर दिएपछि शंका लागेर खोजबिन गर्दा नक्कली तमसुक दिएको पत्ता लागेको उहाँले बताउनुभयो । तमसुक लेखन्दास श्रीनारायण कर्णलाई कागज देखाउदा नक्कली तमसुक भएको पत्ता लागेको उहाँले जानकारी दिनुभयो । ‘पहिले त तमसुक फिर्ता गर्न पनि आनाकानी गरेका थिए, उहाँले भन्नुभयो, तर धेरै आग्रह गरेपछि सक्कली लुकाएर नक्कली तमसुक दिएका रहेछन ।’

सक्कली तमसुक माग्न भनेर पटकपटक मोबाइलमा फोन सम्पर्क गर्न खोज्दा साहू हरिश्यामसंग सम्पर्क हुन नसेको रामकिशोरको भनाइ छ । ‘अब त फोन पनि उठाउदैनन, उहाँले भन्नुभयो, मोबाइल नै स्वीचअफ गरेर बसेका छन ।’

सक्कली तमसुक लुकाएर साहूले आफूसंग फेरि रकम असुलेर ठगी गर्न खोजेको हुनसक्ने उहाँको आशंका छ ।

साहूले आफूलाई ठगी गर्न खोजको भन्दै रामकिशोरले जिल्ला प्रहरी कार्यालय बारामा हरिश्यामविरुद्ध उजुरी दर्ता गराउनुभएको छ । तर प्रहरीले पनि अहिलेसम्म उनीविरुद्ध कुनै कारबाही नगरेको पीडित रामकिशोरको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here