निजगढ,कक्षा कोठामा अध्ययन गरिरहेको अवस्थामा घारे माहुरी अचानक पसेर चिलेपछि घाइते बनेका निजगढ नगरपालिका वडा नम्बर ४ स्थित जनकल्याण आधारभूत विद्यालयका सबै विद्यार्थीहरु उपचारपछि मंगलवार घर फर्किएका छन ।

माहुरीले टोकेर घाइते बनेका २ दर्जनभन्दा बढी विद्यार्थीलाई निजगढस्थित सामुदायिक अस्पतालमा राखेर उपचार गरिएको थियो । अधिकांश घाइतेलाई सोमवार नै घर पठाइएको र गंम्भीर घाइते ४ जनालाई मंगलवार मात्र घर पठाइएकोे अस्पतालले जनाएको छ ।

घारे माहुरीले टोकेपछि विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीसमेत गरी १ सय ५० जनाभन्दा बढी घाइते बनेको र गंम्भीर घाइते २५ जना विद्यार्थीलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नु परेको विद्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिनुभयो । बाहिर चौरमा निस्किएकी एकजना छात्रालाई टोकेपछि उनीसंगै कक्षा कोठाभित्र पसेको मौरीको घारले विद्यालयका अन्य विद्यार्थी र शिक्षकलाई पनि टोकेको थियो ।

मौरीले घारले अचानक टोक्न थालेपछि विद्यालयमा केहीबेर भागदैड मच्चिएको थियो । माहुरीको टोकाइबाट अधिकांश विद्यार्थी बिरामी परेपछि हिजो विद्यालयमा पठनपाठन समेत बन्द गरिएको छ ।

यसैबीच वडा नम्बर ४ का वडा अध्यक्ष जयराम कुवरले माहुरीले टोकेर घाइते बनेको विद्यार्थीको सम्पूर्ण उपचार खर्च वडा कार्यालयले बेहोर्ने बताउनुभएको छ । वडा अध्यक्ष कुवरले सोमवार सामाजिक संजाल फेसबुकमार्फत माहुरीले टोकेर घाइते बनेका विद्यार्थीको सबै उपचार खर्च वडा कार्यालयले बेहोर्ने जानकारी दिनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here