कलैया,नेपालबाट अवैध तरिकाले भारततर्फ तस्करी भइरहेको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बाराबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बाराले शुक्रबार राति १० बजेको समयमा जिल्लाको देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपातीस्थित पसहा खोला नजिकैबाट १ सय २० किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो । मोटरसाइकलमा राखेर भारततर्फ लागिरहेको अवस्थामा सो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरका अनुसार विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले ८ वटा पोकामा राखी मोटरसाइकलमा लोड गरेर भारततर्फ लागिरहेको अवस्थामा गाँजा बरामद गरेको थियो ।

विओपी दक्षिणझिटकैयाबाट सहायक प्रहरी निरीक्षक चन्द्रबहादर एस्लामी मगरको कमाण्डमा खटेको ६ जनाको गस्तीको टोलीले गाँजा बरामद गरेको डीआईजी मगरले जानकारी दिनुभयो । प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु भने सो गाँजा छाडेर फरार भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here