निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध शनिवार साझ मशाल जुलुस प्रदर्शन गरेको छ । राप्रपा निजगढ नगर कमिटीले साँझ निजगढ ७ स्थित शहिद चोकबाट सुरु गरेको मशाल जुलुस प्रदर्शन निजगढ बजार परिक्रमा गरी पुनः शहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरूले एमसीसी राष्ट्रघाती रहेको भन्दै ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’, गणतन्त्र मुर्दाबाद राजतन्त्र जिन्दाबाद, राजा ल्याऊ देश बचाऊ भन्दै नाराबाजी गरेका थिए । उनीहरुले एमसीसी खारेज गर्न माग गरेका थिए । एमसीसी नेपालको हितमा नभएको भन्दै राप्रपाले प्रदर्शन गरेको हो । शहिद चोक परिक्रमापछि भएको कोण सभामा राप्रपा निजगढ नगर कमिटीका अध्यक्ष खड्गप्रसाद उप्रतीले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले स्वीकार्न नहुने बताउनुभयो । उहाँले सम्झौता पारित गर्न अमेरिकाले नेपाली नेताहरुलाई धम्की दिएपनि अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताउनुभयो । पछिल्लो समय विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघ संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएका छन । राप्रपाले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिँदै आएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here