अमेरिकी सहयोग परियोजनाका बिषयमा बिहीवार नेपाली राजनीति गर्मागर्मी नै भयो । बिहीवारका लागि बोलाइएको संसद बैठक अन्तिम समयमा आएर स्थगित भएको छ र त्यो बैठक फेरि शुक्रबार बस्दैछ । शुक्रबारसम्मा राजनीतिमा धेरै उचाडचढाव आउने आशंका गरिएको छ । नेपाली काँग्रेस एमसिसीको पक्षमा दहेसंग उभिएपछि राजनीति एकाएक फरक बाटोमा मोडिएको हो ।

त्यसो त बिहीवार बेलुका प्रतिगामी भनेर कुनै समय व्याख्या गरिएका एमालेका अध्यक्ष केपी ओलीलाई शेरबहादुर देउवा र प्रचण्डले भेटेका छन् । उनीहरुले भेट्नुको पछाडि राजनीतिक स्वार्थ रहेको कुरा स्पष्ट हुन्छ । अब एमसिसीका सवालमा बल नेकपा एमालेकै कोर्टमा गएको छ । एमालेले लिने नीतिका बिषयमा शुक्रबारको संसद बैठक अगाडि बढ्नेछ ।

एमालेका पनि आफ्नै स्वार्थ र माग भएकाले सजिलै एमसिसी पास हुन्छ कि हुन्न त्यो हेर्न बांँकी छ । त्यसो त सडकमा एमसिसीका विपक्षमा नारा चर्कदो पनि छ । नागरिकको बिरोध छ । बिरोधका बावजुद पनि सरकारले चालेको कदमलाई धेरैले गलत भनेका छन् । मुलतः कांग्रेसका कारण मुलुक फेरि अप्ठेरोमा पर्ने अवस्था भने सृजना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here