कलैया,नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी बारा र पर्सा सहितका १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको सचिव केशव रिजालले जानकारी दिनुभयो । कांग्रेसको पर्सा सहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, र सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here