कोरोनाको तेश्रो लहरको जोखिम अहिले पनि जारी छ । संक्रमणको क्रम भनै दर भने अहिले घट्दो अवस्थामा रहेको छ । देशभरको पछिल्लो अवस्था हेर्ने हो भने कोरोना संक्रमित हुनेको संख्या घटेको देखिए पनि फेरि मृत्युको संख्या भने बढेको देखिएको छ ।

गम्भीर अवस्थामा अस्पतालमा पनि संक्रमतिहरुको भर्ना दर अघिल्लो संक्रमणको तुलनामा कमै रहेको थियो । यो लहरमा कोरोनाले खासै क्षति गरेन भन्न त नमिल्ला तर पनि पहिलाको तुलनामा कमै हो ।

कोरोनाको तेश्रो लहर ओमिक्रोन सुरु भएसंगै सरकारले माघ १ गतेबाट नै देशभरका विद्यालयहरु बन्द गर्न आदेश दिएको थियो । विद्यालय बन्द गराएर सरकारले विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिएको छ । लगभग सबै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोप दिएको सरकारले जनाएको छ । विद्यालय बन्द गराएर खोप अभियान संचालन गर्न पनि समस्या देखिएको थियो तर पनि अभियान संचालनमा आयो ।

अब फागुन १ गतेबाट विद्यालय संचालन गर्ने सरकारले भनेको छ । बारा र पर्साका जिल्लाका विद्यालयहरु त लगभग संचालनमा आइसकेका छन । कोरोनाको जोखिम कम भएको हो तर पूरै नियन्त्रामा आएको भने अवश्य नै छैन । त्यसैले अब तत्काल फेरि कोरोना माहामारीको रुपमा फैलने संभावना कम भएकाले तत्काल विद्यालय संचालन गर्दा उचित हुनेछ तर स्वास्थ्य सुरक्षाका मापदण्डको बिषयमा भने ख्याल गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here