कलैया,निर्वाचन कार्यालय बाराका अनुसार जिल्लामा मतदाता संख्या हालसम्म चार लाख १० हजार भन्दा बढी छन् । मतदाता नामावली संकलन कार्य जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले बताउनुभयो ।

मतदाता नामावली संकलन कार्यलाई निर्वाचन कार्यायले निरन्तरता दिदै आएको छ । चौधरीका अनुसार बारामा हाल पाँच स्थानमा मतदाता नामावली संकलन कार्य भईरहेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, ईलाका प्रशासन कार्यालय सिमरा, ईलाका प्रशासन कार्यालय कोल्हबी र ईलाका प्रशासन कार्यालय सिम्रौनगढमा मतदाता नामावली दर्ता गर्ने कार्य जारी छ ।

यसअघि निर्वाचन कार्यालयले जिल्लाको १३ वटा स्थानिय तहमा दुई चरणमा गरी मतदाता नामावली संकलन कार्यक्रम संचालन गरेको थियो । कलैया, जीतपुरसिमरा र कोल्हबी बाहेक अन्य स्थानिय तहमा उक्त कार्यक्रम संचालन गरिएको चौधरीले जानकारी दिनुभयो ।

निर्वाचन घोषणा नभएसम्म मतदाता नामावली संकलन कार्य जारी रहने हुँदा जिल्लाको मतदाता संख्या थप हुन सक्ने चौधरीको भनाइ छ । हाल देखिएको मतदाता संख्या समेत रुजु गर्न बाँकी रहेको चौधरीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here