नरेश गुप्ता

बरियारपुर,नेकपा एमालेले बाराको नरहीमा आइतवार सहिद मुखलाल महतोको स्मृतिमा सभा आयोजना गरेको छ ।

नेकपा एमाले करैयामाई गाउँपालिकाका अध्यक्ष धिरेन्द्र चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एंव सहिद मुखलाल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वाला साह, बारा जिल्ला इन्चार्ज बलवीर चौधरी, सहइन्जार्च महमद समिर, एमाले बारा जिल्ला कमिटीका अध्यक्ष विनोद साह, पूर्वअध्यक्ष देवनारायण चौधरीले बारा जिल्लाका किसान सहिद मुखलाल महतोको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको संचालन एमाले बारा जिल्ला कमिटीका सहसचिव भुलन चौधरीले गर्नुभएको थियो ।

यसअघि एमाले नेता तथा कार्यकर्ताहरुले सहिद महतोको शालिकमा माल्यापर्ण गरेको नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य मोहन लामिछानेले जानकारी दिनुभयो ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि मुखलाल स्मृति दिवस मनाएको छ । पार्टीको पोलिटब्युरो सद्स्य दिनेश राई, जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मालगायतको टोलीले नरहीमा पुगेर सहिद महतोको शालिकमा फूलमाला अर्पण गरेको थियो । त्यसैगरी वीरगन्जमा पनि नेपाली काँग्रेसले शहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । काँग्रेस पर्साको क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिले आइतवार नारायणी अस्पतालमा रहेको शहीद थिरबम मल्लको शालिकमा माल्र्यापण गरेको छ । सोही कार्यक्रममा काँग्रेसका अग्रज नेताहरु हृदय नारायण लाल दास, हदिस मिया मन्सुरी, रघुनाथ पोखरेल, अलिजान मिया, विरबहादुर कुर्मी र मोहमद सरीफ मिया गरी ६ जनालाई सम्मानित पनि गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया र पूर्वसांसद राजेन्द्रबहादुर अमात्यले काँग्रेसका ६ जना अग्रज नेताहरुलाई दोशल्ला ओढाएर सम्मानित गर्नुभएको हो । यस्तै दिवसकै अवसरमा काँग्रेस केन्दीय सदस्य चौरसियाले घण्टाघर चोकमा रहेका मधेसी शहीदहरुको शालिक र गण्डक चोकमा रहेको शहिद तेजबहादुर अमात्यको शालिकमा पनि माल्यार्पण गर्दै दिप प्रज्वलन गर्नुभएको छ ।

शहिद दिवसकै अवसरमा नेपाली काँग्रेसले नारायणी अस्पतालमा उपचाररत रहेका २ सय २५ जना बिरामीहरुलाई फलफुल वितरण पनि गरेको काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिनले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति दिनाप्रसाद गुप्ता, जिल्ला सचिव श्याम पटेल, महासमिति सदस्य रामनारायण प्रसाद कुर्मी, नेता नरेन्द्र साह, प्रदेशसभा सदस्य राजेश्वर साह तेली र पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादव लगायतको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here