बुधबार राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ । यो चुनावमा बिपक्षी पहिलाको र हालको सरकारी गठबन्धनले सहज जीत हासिल गरेको छ । १९ सिटका लागि भएको चुनावमा एमालेका एकजना बाहेक कसैले पनि चुनाव जितेनन् । सत्ता गठबन्धनमा पाँच दल एकठाउँमा थिए भने एमालेले पनि मधेस प्रदेशमा लोसपासंग सहकार्य गरेको थियो ।

गएको बर्ष एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेका ताका संसद बिघटन गरेपछि गठबन्धन जन्मिएको हो र यो अहिले पनि भत्किएको छैन र तत्काल भत्किने संभावना पनि छैन । त्यसो त चुनावका लागि यो गठबन्धनले राम्रो फाइदा लिएको छ । सबैभन्दा बढी फाइदा त राष्ट्रिय जनमोर्चालाई भएको जसले आफ्नो पर्याप्त भोट बिना पनि राष्ट्रिय सभाको एक सिट हात पारेको छ ।

गठबन्धनमा रहेको कांग्रेसलाई फाइदाको त्यत्ति महत्व नभएपनि अन्य दललाई यसको ठुलै महत्व छ । यसैको सहारमा अब हुने अन्य चुनावमा पनि गठबन्धनका उम्मेदवारहरु चुनाव जित्न सफल हुने संभावना बढेको छ । तर राष्ट्रियको चुनावले गठबन्धनलाई जीत दिलाएपनि मत परिणामले भने एमाले अझै पनि बलियो नै देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here