नरेश गुप्ता

बरियारपुर,पूर्वपश्चिम लोकमार्गस्थित निजगढ नगरपालिकाको लच्कामा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा बुधवार मोटरसाइकल र साइकल चालक घाइते भएका छन ।

निजगढ नगरपालिका वडा नम्बर ७ लोकमार्गको लच्कामा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको प्रदेश नम्बर २–०३–०१७ प ९६३७ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा दुबैजना घाइते भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३९ को रेशमबहादुर जर्घामगर र साइकल यात्री वडा नम्बर ९ नदिकट्टा बस्ने वर्ष ७८ का कमलबहादुर घाइते बनेका हुन । घाइते जर्घामगरको दायाँ खुटा भाच्चिएको र उपचारको लागि काठमाडौ पठाइएको छ । त्यसैगरी हातमा चोट लागेका कमलबहादुरको भने स्थानीय सामुदायिक अस्पतालमा उपचार गराइएको छ ।

मोटरसाइकललाई भने ईलाका प्रहरी कार्यलय निजगढको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

अवैध मदिरा भट्टी नष्ट

बरियारपुर,

प्रहरी चौकी डुमरवानाबाट खटेको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्याउली बजार चोकमा संचालनमा रहेको अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ ।

अवैध रुपमा संचालनमा रहेका ६ वटा अवैध भट्टी फुटाएर नष्ट पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले दिएको जनकारीअनुसार भट्टीबाट मदिरा बनाउन प्रयोग हुने ७ सय लिटर कच्चा पदार्थ र तयारी अवस्थाको ३५ लिटर मदिरा पनि बरामद गरी नष्ट पारिएको छ । त्यसैगरी ईलाका प्रहरी कार्यालय जीतपुरले १ सय ८० लिटर अबैध मदिरा नियन्त्रणमा लिइएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जीतपुर बजारबाट खटिएको प्रहरीको पिकेट टोलीले नारायणघाटबाट वीरगन्जतर्फ आउदै गरेको बा.३ ख.६२२९ नम्बरको बस चेकजाच गर्ने क्रममा उक्त बसको डिकीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा घरेलु मदिरा प्रहरीले बरामद गरेको हो ।

प्लास्टिकको ७ वटा बोरामा १ सय ८० लिटर मदिरा फेला पारी आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here