नरेश गुप्ता

बरियारपुर,बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा विवाहमा बेहुलालाई चढाउन भनेर तयारी अवस्थामा राखिएको मोटर रथले किचेर २ जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते बनेपछि सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादव र बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको टोलीले मंगलवार घटना स्थलको स्थलगत निरीक्षण गरेको छ । टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्र्रहरी उपरीक्षक दिलिप सिंह देउवा, ससश्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, राष्ट्रिय अनुसन्धानका एसपी सन्तोष ढुङ्गेल, नेपाली सेनाका प्रमुख लगायतको टोलीले घटना स्थलको निरीक्षण गरेको हो ।

सो अवसरमा सिम्रौनगढका मेयर यादवले मृतकका परिवारलाई किरिया खर्च बापत २५÷२५ हजार दिने घोषणा गर्नु भएको छ । त्यसैगरी घाइतेको उपचारमा पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेस आर्दश कोतवाल गाँउपालिकाका सभापति जवाहरप्रसाद साहले पनि मृतक परिवारहरुलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गर्नुभएको छ । पीडित परिवारमा सहयोग गरेर सहनीय कार्य गरेको नेपाली कांग्रेस मधेस प्रदेशका प्रदेश सभापति चन्द्रशेखरकुमार यादवले बताउनुभयो । उहाँले पीडित परिवारमा सहयोग गर्न आफ्ना कार्यकर्ताहरुसंग आग्रह पनि गर्नुभयो ।

घटनाका बारेमा स्थानीय र प्रतक्ष्यदर्शीहरुबाट जानकारी लिदै प्रमुख जिल्ला अधिकारी कटुवालले मृतक परिवारलाई धैर्यधारण गर्न अनुरोध गर्दै घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कमना पनि गर्नुभयो । प्रजिअ कटुवालले घटनाका दोषिलाई समातेर कारबाही गरिने प्रतिवद्धता पनि व्यतm गर्नुभएको थियो ।

आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ३ बतरा निवासी लक्षुमन महरा चमारको छोरा श्रीराम महरा चमारको विवाहको लागि ल्याइएको रथले थिचेर सोमबार साँझ एक बालिकासहित २ जनाको मृत्यु भएको थियो । घटनामा १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतराका बनारसी रामकी १५ वर्षीया छोरी निलमकुमारी राम र आफन्तको बिहेमा सहभागि हुन आएकी सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ जानकीनगरका दिपेन्द्र रामकी २५ वर्षीया पत्नी बालकुमारी राम रहेका छन । बेहुला सियारामलाई ब्रम्हस्थानमा पूजा गराएर घर फर्किने क्रममा सडक छेउमा रोकेर राखेको रथ अर्कै मान्छेले हाक्न खोजेपछि रथ एक्कासी हुइकिएको र रुखमा ठोक्किएर पल्टिदा बाटोमा हिडदै गरेका २ जनालाई थिचेर मृत्यु भएको प्रहरीले बताएको छ । रथका चालक र बेहुला ओर्लिएको मौका पारेर ति युवकले मोटरसाइकलको साँचोले स्टाट गरेर रथ चलाउने प्रयास गरेका थिए । विवाह घरबाट करिव ५ मिटर पर भएको उक्त दुर्घटना भएको हो । थरले थिचेका मध्ये २ जनाको मृत्यु भएको थियो भने अन्य घाइतेलाई तीव्र गतिमा हुइकिएको रथले किचेको थियो ।

घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते मध्ये २४ वर्षीय अरबिन्द्र राम, १८ वर्षीय सिया राम, १० वर्षीय अजित राम, २० वर्षीय सरोज राम, १२ वर्षीय जितेन्द्र राम र १३ वर्षीय सागर रामको विरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले बताउनुभयो । त्यसैगरी अन्य घाइतेमा स्थानीय ३७ वर्षीया मिना देवी राम, १७ वर्षीया श्रीपति कुमारी, ५० वर्षीया सयल देवी, ८ वर्षीया सुभाष राम, ३४ वर्षीया नयनपति देवी, २२ वर्षीया सुनिलप्रसाद यादव र १८ वर्षीया नरेन्द्र राम रहेका छन । उनीहरुको सदरमुकाम कलैयास्थित राज्यलक्ष्मी रिलिफ हस्पीटलमा भइरहेको डिएसपी थापाले जनाउनुभयो ।

स्थानीय प्रत्यक्षदर्शीले बताएअनुसार तीव्र गतिमा हुएिकाएको रथले सडकमा हिंडिरहेका सर्वसाधारणलाई किच्दै रुखमा ठोक्किएपछि पल्टिएको हो । रथ चालक र सहचालक फरार रहेका छन र उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । जिल्लाको करैयामाई गाँउपालिकास्थित सहजौलीमा सोही दिन बिहेको लागि जन्ति जाने तयारी गरिएको थियो । दुर्घटनापछि विवाह स्थगित गरिएको छ भने गाउँ शोकमा डुबेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here