कलैया,कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश यादवले कलैया वडा नम्बर १ मा निर्माण भएको हनुमान मन्दिरको उद्धाटन गर्नुभएको छ ।

मन्दिर उद्धाटन कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले मठमन्दिरको निर्माणले धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले कलैयामा निर्माण भएको विशाल मन्दिरले कलैयाको धार्मिक तथा आध्यात्मिक क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले धार्मिक स्थलहरुको निर्माणले श्रदालुहरुको आगमन बढने र यसले उपमहानगरपालिकाको व्यापार व्यवसायमा समेत टेवा पुग्ने बताउनुभएको थियो ।

१ करोड ५० लाख लागत मन्दिर निर्माण गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष बैजु दासले जानकारी गराउनुभयो । मन्दिर निर्माण गर्न कलैया उपमहानगरपालिकाले २४ लाख, पूर्व सांसद एंव नेपाली कांग्रेश पार्टीका केन्द्रीय सहमहामन्त्री फरमुल्लाहा मन्सूरले १० लाख, वर्तमान सांसद रामबाबुकुमार यादबले १० लाख, कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादबले १० लाख, उपमेयर रहिमा खातुनले ७ लाख, संविधान सभा सदस्य प्रमोद गुप्ताले ५ लाख, कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष हरिओम सोनारले १ लाख सहयोग गरेको निर्माण समितिका अध्यक्ष दासले जानकारी दिनुभयो ।

मन्दिर उद्धाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिमा खातुन, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवा, वडा अध्यक्ष राजेश महतो, हरिओम सोनार, काङ्ग्रेस नेता दिपेन्द्र पटेल, नाजिर अन्सारी, शम्भु गुप्तालगायत स्थानीय धार्मिक अगुवाहरुको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here