नरेश गुप्ता

बरियारपुर,पूर्वपश्चिम लोकमार्गको पथलैया निजगढ सडक खण्डमा रोकेर राखेको मोटरसाइकलमा अर्को मोटरसाइकल ठोक्किदा आइतवार ३ जना घाइते भएका छन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा पर्ने १३ किलो नजिकको जंगलमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ४७ प १२३७ नम्बरको रोकेर राखिएको मोटरसाइकलमा सोही दिशाबाट जादै गरेको ना ५६ प ४९२३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा ३ जना घाइते भएको ईलाक प्रहरी कार्यलय निजगढले जनाएको छ ।

घाइते हुनेमा रोकी राखेको ना ४७ प १२३७ नम्बरको मोटरसाइकल चालक पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बस्ने वर्ष २२ को मोहमद हैदर अली अंसारी, अर्को मोटरसाइकलका चालक काठमाण्डौ तिलगंगा बस्ने वर्ष २८ को जयराम लामिछाने र उनको मोटरसाइकलमा सोही ठाउँ बस्ने वर्ष ५४ का लालचन्द्र लामिछाने रहेका छन । अन्सारीको दाहिने खुट्टा, जयराम र लालचन्द्रको बाँया खुट्टामा चोट लागेको छ ।

घाइते सबैको निजगढ सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here