प्रदेशको नाम मधेश प्रदेश बनेसंगै स्थायी राजधानी पनि जनकपुर घोषणा भएपछि अहिले बारा र पर्सा क्षेत्रमा बिरोध देखिएको छ । विशेषगरी वीरगन्जमा दिनहुँ जसो नै प्रदर्शन भइरहेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री बिरुद्ध उनकै गृह नगरमा बिरोध सुनिएको छ भने उनको घरमा आक्रमण समेत भएको छ । उनीसंग हिजोसंगै रहेका नेता कार्यकर्ताहरु भने अलि बढी नै आक्रामक देखिएका छन् ।

यसो हुनुको कारण त राजनीति पनि भनेर विश्लेषण गर्न नपर्ला तैपनि उनीमाथि धेरै बिरोध सुनिनु वा देखिनु आफैमा सकारात्मक पक्ष भने होइन । यसका लागि उनले पनि सोच्न आवश्यक छ । वीरगन्जमाथि अन्याय हुन्छ भन्ने कुरा बिगतको अभ्यासले नै स्पष्ट गरेको कुरा हो । तैपनि धेरैले यो अनपेक्षित परिणाम जस्तो प्रतिक्रिया जनाएका छन । जुन आफैमा राम्रो कु्रा होइन ।

मधेश आन्दोलनको केन्द्र बनेको वीरगन्जलाई प्रयोग गरिएकै हो तर वीरगन्जलाई फाइदा दिलाइएको छैन । मधेशको नाउमा भजाइएको वीरगन्जले कति सफलता हासिल गर्दा फेरि आन्दोलन गरिदा त्यसका लागि भने केही दिन प्रतीक्षा गर्न आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here