नरेश गुप्ता

बरियारपुर,गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय सभाको चुनावमा विजयी गराउन मधेस प्रदेशका जनप्रतिनिधिलाई बिहिवार कलैयामा आग्रह गरिएको छ ।

आगामी माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको चुनावमा आफ्नो पक्षका उम्मेदवारहरुलाई मतदान गर्न मधेस प्रदेशका सांसद, मेयर, उपमेयरसंग आग्रह गरिएको हो । कार्यक्रममा राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी माओवदी केन्द्रकी पूर्वमन्त्री उर्मिला आर्याल तथा जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवार बन्नुभएका महम्द खालिदलाई मतदान गरेर विजयी बनाउन आग्रह गरिएको थियो ।

बाराको कलैयास्थित करण राज होटेल पैलेसमा आयोजित ५ दलीय गठबन्धनको भेलामा जसपाका केन्द्रीय सद्स्य रामबाबुकुमार यादवले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभएको थियो । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा समेत रहनु भएका यादवले प्रदेश सभा सांसद, नगरपालिकाका मेयर, उपमेयर, गापा अध्यक्ष तथा उपाध्यक्षहरुलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिनुभएकी पूर्वमन्त्री आर्याल र महमद्द खालिदलाई बिजयी गराउनु पर्नेमा जोड दिनुभएको थियो ।

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेश, नेपाल नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here