बरियारपुर,प्रहरी चौकी अमलेखगञ्जबाट खटेको प्रहरी गस्ती टोलीले सालको फेन्टा काठ बरामद गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ गुडु पुल नजिक पूर्वपश्चिम लोकमार्ग छेउमा महिला मिलन सामुदायिक वन समुहको जंगलबाट ल्याउदै गरेको अवस्थामा विषेश सूचनाको आधारमा खटिएको प्रहरीले सालको काठ बरामद गरेको हो । प्रहरीले .५ फिट लम्बाई, १ फिट चौडाई भएको १२ पिस सालको फेन्टा काठ बरामद गरेको हो ।

प्रहरी टोलीलाई देखेपछि तस्करहरु जंगलतर्फ भागेकाले पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । बरामद काठ आवश्यक कारबाहीको लागि प्रहरीले नियन्त्रणमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here