निजगढ,निजगढ नगरपालिकाले आयोजना गरेको आधारभूत किशोरी आत्मारक्षा ५ दिने तालिम आइतबार सम्पन्न भएको छ । नगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको सो तालिममा नगर क्षेत्रभित्रका प्रतेक माध्यमिक विद्यालयबाट कक्षा ९ र १० अध्ययन गर्ने ४÷४ जनाका दरले करिव ३ दर्जन दर्जन किशोरीहरुको सहभागिता रहेको छ ।

तालिममा सहभागी किशोरीहरुलाई निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेबी लामिछाने र प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

किशोरीहरुको आत्माबल बढाउन र प्रतिरक्षा सीप सिकाएर समाजमा बढदै गएको महिला हिंसाका घटना न्युनीकरण गर्न तालिमको आयोजना गरिएको नगरपालिका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाकी निरीक्षक मेनका खडकाले बताउनुभयो । कार्यक्रममा प्रमुख खनाल, उपप्रमख लामिछाने, कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कार्की र नेपाल सेल्फ डिफेन्स संघकी प्रशिक्षक राधिका ऐरले तालिमको महत्वबारेमा बोल्दै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभएको थियो ।

तालिमको समापन कार्यक्रममा सहभागी किरोरीहरुकोतर्फबाट नगर बाल सन्जालकी कृर्तिका धिताल, मुना माया मगर, निरा लामा र स्वस्तिका बोलखेलगायतले बोल्नुभएको थियो । समापन कार्यक्रममा किशोरीहरुले आफुले सिकेको आत्मारक्षा संबन्धि सीपमा आधारित प्रदर्शन समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here