कलैया,नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखाले स्टेशनरी लगाएत अन्य ठेक्कामा १८ वटा टेण्डर फारम खरिद भएकोमा जम्मा तीनवटाले मात्र फारम दर्ता गराउनुले अनियमिताको आशंकामा थप बल पुगेको छ ।

प्रविधिकरण कलैया वितरण केन्द्रका प्रमुख हरदेवप्रसाद गुप्ताले केही ठेकेदारहरुसंगको मिलिमतोमा स्टेशनरी लगायत अन्य ठेक्कामा व्यापक अनियमितता गरेको समाचार सार्वजनिक हुदै आएको छ । सो टेण्डरको लागि १८ वटा टेण्डर फारम खरिद भएकोमा जम्मा तीन वटा टेन्डर फारम मात्र दर्ता हुनुले पनि मिलिमतोमा अनियमिता भएको संकेत मिलेको हो । सुमन निर्माण सेवा, रितिकज्ञ सप्लायर्स, बायोटेक कम्प्युटर ट्रेडर्स, प्रफेक्ट इन्टरप्राइजेज, के. एस. मल्टिप्रपोज प्रा लि, ज्योती जेनरल अर्डर सप्लायर्स, अभिजित इन्टरप्राइजेज सप्लायस, नेपाल इन्टरनेसनल कन्सर्न, गोविन्द सप्लायर्स, दिनेश सप्लायर्स, ओम सप्लायर्स, लक्की सप्लायस, अभिषेक जेनरल अर्डर सप्लायर्स, अमन सप्लायर्स, सजन ट्रेडर्स, सहाना सप्लार्यस, शशि सप्लायर्स, दिनेश सप्लायर्स लगायतका कम्पनीले टेण्डर फाराम खरिद गरेका थिए । तर वितरण शाखाका प्रमुख गुप्ताले कमिशनको प्रलोभनमा परेर टेण्डरको प्रकृयामात्रै पुर्याउन तीन वटा टेण्डर फाराम मात्र दर्ता गरेकोले के. एस. मल्टप्रपोज प्रा. लि. ले जिल्ला प्रशासन कार्यालय कलैयामा दिएको उजुरीबाट जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार अभिषेक जेनरल अर्डर सप्लायर्स, बायोटेक कम्प्युटर ट्रेडर्स र प्रफेक्ट इन्टरप्राइजेजको मात्र टेण्डर फाराम दर्ता गरि अनियमितता गर्न लागिएको हो ।

कलैया वितरण शाखाका प्रमुख गुप्ताले कलैयाका एक झा थरका एकजना ठेकेदारसंग कमिशनको लागि अन्य कम्पनीको बोलपत्र फारम दर्ता नगरेर ठेक्का प्रकृयामा अनियमितता गर्नुभएको हो । गुप्ताले ठेक्कामा प्रतिस्पर्धा नै नगराइ झा थरका ठेकेदारलाई मिलिमतोमा ठेक्का दिएको कार्यालयका कर्मचारीहरुले बताएका छन ।

प्रमुख गुप्ताले के. एस. मल्टिप्रपोज प्रा. लि. वीरगन्जका प्रतिनिधि दुष्यन्त चौधरीले नियमअनुसार भरेर पेस गरेको फारम दर्ता गर्न इन्कार गर्नुले पनि कार्यालय प्रमुख गुप्ताको मिलिमतोका आश्ंका हुनु स्वभाविक छ ।

कमिशनको प्रलोभनमा अन्य ठेकेदारसंगको मिलिमतोमा के. एस. मल्टिप्रपोजका प्रतिनिधि चौधरीले पेस गरेको फारम दर्ता नगरिएको हो । चौधरीले फारम भर्न आएको बताएपछि कार्यालय प्रमुख गुप्ता कार्यकक्षबाट बिना सूचना बाहिरिनुभएको थियो । प्रतिनिधि चौधरीले कार्यालयकै अर्का अधिकृत अजय महासेठसंग टेण्डर फारम दर्ताको लागि तोक लगाउन आग्रह गर्नुभएको थियो । तर सेटिङ्गका कारण महासेठले पनि मल्टिप्रपोजको फारममा तोक लगाउन मान्नु भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here