कुनै बेला कोभिडविरुद्ध मुलुकमा खोप थिएन, कहाँबाट–कसरी जोहो गर्ने भन्ने चिन्ता थियो सरकारलाई । आजभोलि खोप पर्याप्त छ, तर सरकारको उदासीनताका कारण जनताले पाएका छैनन् । यही रवैयाले आगामी चैतभित्र सबै नागरिकलाई कोभिडविरुद्ध खोप लगाउने सरकारको घोषणा कागजमै सीमित हुने देखिन्छ । कोभिडविरुद्धको १ करोड २० लाख खोप डोज भण्डारणमै थन्किएका छन् । विश्वमा कोरोनाका नयाँनयाँ भेरियन्ट देखा पर्दा पनि नेपाल सरकारले भने भण्डारमै खोप थन्काएर जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील छैन भन्ने पुष्टि आफैले गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अनुमति दिएका कोभिसिल्ड, भेरोसेल, जापानिज एस्ट्राजेनेका र स्विडिस एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, फाइजर र मोडेर्ना खोप मुलुकमा भण्डारण भएका छन् । तीमध्ये केही सरकारले आफंै किनेर ल्याएको हो भने केही अनुदानका हुन् । तर, जुन रफ्तारमा खोप भित्रायाइयो, त्यसअनुसार प्रयोगमा ल्याउने र जनताको स्वास्थ्यलाई प्राथमिकता दिने काम सरकारबाट फिटिक्कै भएन ।

जनताले लगाउन नै नपाई भण्डारणमै खोप त्यसैखेर जाने हो कि भन्ने चिन्ता सरोकारवालाहरूको छ । बारा जिल्लामा पनि अहिले खोप अभियान चल्दैछ । खोप नागरिकहरुका लागि बनेकाले निर्धक्क भएर खोप लगाउदा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here