कलैया –  नेपाल विद्युत प्रविधिकरण कलैया वितरण केन्द्रका प्रमुख हरदेव गुप्ताले केही ठेकेदारहरुसंगको मिलिमतोमा स्टेशनरी लगायत अन्य ठेक्कामा व्यापक अनियमितता गर्नुभएको छ । वितरण शाखाका प्रमुख गुप्ताले सोमबार कलैयाका झा थरका एकजना ठेकेदारसंगको मिलोमतोमा अन्य कम्पनीको बोलपत्र फारम दर्ता नगरेर ठेक्का प्रकृयामा अनियमितता गर्नुभएको हो ।
प्रमुख गुप्ताले ठेक्कामा प्रतिस्पर्धा नै नगराइ तिनै झा थरका ठेकेदारलाई मिलिमतोमा ठेक्का दिएको कार्यालयका कर्मचारीहरुले बताएका छन ।
केही दिनअघि भएको टेण्डरको बोलपत्र फारम बुझाउने अन्तिम दिन सोमबार फारम बुझाउन कार्यालयमा पुगेका अन्य कम्पनीका प्रतिनिधिहरुलाई फारम बुझाउन गएका थुनछेक गरिएको थियो । प्रमुख गुप्ताले के. एस. मल्टिप्रपोज प्रा. लि. वीरगन्जका प्रतिनिधि दुष्यन्त चौधरीले नियमअनुसार भरेर पेस गरेको फारम दर्ता गर्न इन्कार गर्नुभएको थियो । कमिशनको प्रलोभनमा केही ठेकेदारसंगको मिलिमतोमा के. एस. मल्टिप्रपोजका प्रतिनिधि चौधरीले पेस गरेको फारम दर्ता नगरिएको हो । चौधरीले फारम भर्न आएको बताएपछि कार्यालय प्रमुख गुप्ता कार्यकक्षबाट बिना सूचना बाहिरिनुभएको थियो । प्रतिनिधि चौधरीले कार्यालयकै अर्का अधिकृत अजय महासेठसंग टेण्डर फारम दर्ताको लागि तोक लगाउन आग्रह गर्नुभएको थियो । तर सेटिङ्गका कारण महासेठले पनि मल्टिप्रपोजको फारममा तोक लगाउन मान्नु भएन ।
यता, विद्युत कार्यालयमा टेण्डर फारम दर्ता नभएपछि चौधरीले अनियमितता भएको भन्दै टेण्डर प्रकृया रद्द गर्न जिल्ला प्रशासन कार्यालय बारामा सोमबार नै निवेदन दिनुभएको छ । सहायक प्रजिअ शिवराज सेढाईले घटनाको बारेमा छानबिन हुने बताउनुभएको मल्टिप्रपोजका प्रतिनिधि चौधरीले बताउनुभयो । चौधरीले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई पनि कार्यालयमा टेण्डर फाराम दर्ता गर्न नदिएको भनी मोबाइल फोनमार्फत जानकारी गराउनुभएको छ ।
यस विषयमा विद्युत प्राधिकरण वितरण कार्यालय कलैया शाखा प्रमुख गुप्ताले ठेक्काको बारेमा जिल्ला प्रशासन कार्यालय कलैयामा उजुरी परेको र अहिले यस विषयमा केही भन्न नसकिने बताउनुभएको छ । उहाँले यो विवाद अब प्रमुख जिल्ला अधिकारी कटुवालले समाधान गर्ने प्रतिक्रिया पनि दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here