बरियारपुर,महागढीमाई नगरपालिका वडा नम्बर ३ गंजभवानीपुरमा अबैध रुपमा संचालनमा रहेको रक्सी भट्टी नष्ट गरेको छ ।

प्रहरी चौकी गंजभवानीपुरका प्रहरी.नायब .निरीक्षक बिन्देश्वर महतोको कमाण्डमा खटिएको ५ जनाको टोलीले गंजभवानीपुरस्थित रमेश रामको घरमा अबैध रुपमा संचालन हुदै आएको मदिरा भट्टी नष्ट गरेको हो ।

प्रहरीले रामको घरबाट मदिरा उत्पादनको लागि तयारी अवस्थामा रहेको.२० लिटर कच्चा पदार्थ र २० लिटर तयारी मदिरा पनि बरामद गरी नष्ट पारेको छ ।

यसैगरी स्थानीय जयराम हजराको घरबाट ३ सय लिटर कच्चा पदार्थ, १५ लिटर तयारी मदिरा र २ वटा प्लास्टिकका ड्रम बरामद गरी नष्ट पारेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here