यो भनिरहदा केन्द्रमा गुटमा खासै हाबी नभएका युवा पुस्ताले नेपाली कांग्रेसको महामन्त्रीमा विजयी हासिल गरेका छन् तर पर्साको कुरा गर्ने हो भने गुटको हाबीले गर्दा जित्नु पर्ने उम्मेदवारहरु पराजित भएका छन् । नेपाली कांग्रेसमा राम्रो लगानी गरेका र जीवन नै समर्पित गरेकाहरु समेत पराजित भएका छन् । वास्तवमा यो आफैमा पीडाको कुरा हो ।

वीरगन्ज महानगरपालिकाकी उपप्रमुख भएकी शान्ति कार्की, पर्सा जिल्ला पार्टी सभापति रहेका अजय द्धिवेदी, अर्का नेता राजेन्द्रबहादुर अमात्यहरु पराजित भएका छन् । अझै अमात्य त जिल्लामा नै सल्टिएका हुन् । अझैपनि पर्साको कुरा गर्ने हो भने संगठनको हिसावले कांगे्रस सबैभन्दा ठूलो पार्टी हो तर जनमत र निर्वाचित जनप्रतिनिधिको आधारमा भने कांग्रेस ठूलो हुन सकेको छैन ।

अबको चुनावमा पनि कांग्रेसमा घात र अन्तरघात नहोला भन्न सकिदैन । यसको उदाहरण कांग्रेसको महाधिवेशनमा नै देखिएको छ । निर्वाचनमा महाधिवेशनमा पराजित भएका नेताहरुले पार्टीभित्र फरक समुहमा रहेका आफ्ना उम्मेदवार विरुद्ध नै रिस पोख्ने भएकाले संगठन भएर पनि फेरि कांग्रेस पर्सामा कमजोर हुने आँकलन गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here