नरेश गुप्ता

बरियारपुर,

बिवेकशिल साझा पार्टी बाराको संयोजकमा डा सुशील शाह चयन हुनु भएको छ । बाराको कलैयास्थित होटेल करण राज पैलेसमा हिजो आयोजित जिल्ला भेलाबाट साह सर्वसहमतीबाट पार्टीको बारा संयोजकमा चुनिनु भएकोहो हो । नेपाल माओबादी केन्द्रले कलैया नगर कमिटीको ससचिव पदमा मनोनीत गरेपछि रुष्ट बन्नु भएका डा शाहले केही दिन अघि समाजिक संजालमार्फत माओबादी पार्टीबाट राजिनामा दिएको जनकारी दिनु भएको थियो । कलैया उपमहानगरपालिकामा भएको भनिएको भ्रष्टाचारको विरुद्धमा अभियान चलाउदै आउनु भएका साहले आफुलाई कलैया नगर प्रमुखको प्रत्यासी दाबी गर्दै आउनु भएको थियो । बिवेकशिल साझा पार्टिको संगठन बिभाग प्रमुख हृदेश शिलवालको बिशेष उपस्थितिमा ३५ सदस्ीिय बारा जिल्ला कार्यसमिती चयन गरिएकोे छ । पार्टिको जिल्ला सद्स्यहरुमा ग्यासुलाह मंसुर , संतोष साह , सुरेश सहनी , उमेश मण्डल लगायत रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here