नरेश गुप्ता

बरियारपुर,बारामा गुडिरहेको टेक्टर पल्टिँदा एकजना युवक गम्भीर घाइते भएका छन । जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ५ पुरानो बेस क्याम्पअगाडि ईनरवाबाट खेततर्फ जादै गरेको अवस्थामा ना १ त २३५७ नम्बरको टेक्टर अनियन्त्रित भइ पल्टिदा टेक्टरमा सवार पचरौता नगरपालिका वडा नम्बर ४ निवासी वर्ष १८ को बृजकिशोर पासवान गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते पासवानको छाती र शरीरका विभिन्न भागमा चोट लागेको र गम्भीर अवस्थामा उपचारको लागि भारतको मोतिहारी पठाइएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । टेक्टर चालक पचरौता नगरपालिका .वडा नम्बर ४ बस्ने वर्ष २० को निपु यादवलाई प्रहरी चौकी बेलदारीले नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here