निजगढ,निजगढ नगरपालिकाको १० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको रकम भुक्तानी दिने निर्णय अनुसार सोमबार निजगढमा रहेका खानेपानी संस्थाहरुलाई ८० लाख ६१ हजार ६ सय रकमको चेक हस्तान्तरण गरेको छ ।

कार्यालयले निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढ–९ को लागि ५८ लाख ८१ हजार दुई सय, रतनपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई ८ लाख ७४ हजार आठ सय, सिगौलका २ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई ४ लाख ६० हजार आठ सय बराबरको चेक हस्तान्तरण गरेको हो ।

त्यसैगरी अटल बस्ती खानेपानी उपभोक्ता समिति निजगढ २ लाई एक लाख आठ सय, सिगौल ब्रहमबाबा खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति निजगढ १ र ३ लाई दुई लाख ८६ हजार आठ सय र लाल खानेपानी उपभोक्ता समुह निजगढ १० लाई चार लाख ५७ हजार दुई सय बराबरको चेक हस्तान्तरण भएको हो ।

नगरपालिकाले खानेपानी उपभोक्ताहरुको एक वर्षमा हुन न्युनतम शुल्क उपभोक्ता संस्थाहरुमार्फत एकैपटक चेकबाट रकम भुक्तानी गरेको हो । चेक हस्तान्तरण कार्यक्रममा निजगढ क्षेत्रका सबै खानेपानी समितिका अध्यक्ष पदाधिकारीहरुको उपस्थिति रहेको थियो । नगरपालिकाले साउनदेखिकै रकम भुक्तानी गरेपछि संस्थाले पनि अब उपभोक्ताले भुक्तानी गरिसकेको न्युनतम शुल्क बराबरको रकम सम्बन्धित उपभोक्ताको खातामा जम्मा गरिदिने खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष सुदर्शन कोइरालाले बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षबाट १० हजार लिटरसम्म न्युनतम पानी उपभोग गर्ने नगरपालिकाभित्रका उपभोक्ताहरुको शुल्क मिनाहा गर्ने कार्यक्रम संचालन गर्दै आएको र यसबाट गरिव र विपन्न समुदायका उपभोक्ताहरु लाभान्वित हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here