निजगढ,निजगढ नगरपालिका ७ मा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी वडा नगर कमिटी बुधवार गठन भएको छ ।

हाल ११ सदस्यीय सो कमिटीका अध्यक्षमा गोपाल श्रेष्ठ, उपाध्यक्ष लालमाया जिम्वा, सचिव सुकमाया योञ्जन, सहसचिव दिपक जिम्वा रहेका छन भने सदस्यहरुमा सोमसेन लामा, सुनिता कुमारी लामा, मुना कुमारी बोम्जन, सोनम थिङ्घ, गोमा जिम्वा, मन कुमारी तमाङ्घ, सुनिता स्याङ्घतान रहेका छन् ।

वडा कमिटीमा ३० सदस्य थप गरि ४१ सदस्यीय नगर वडा कमिटी निर्माण गर्ने निर्णय समेत गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राईले कम्युष्टि पार्टीहरुको उदय सानै संख्याबाट हुने इतिहास ताजै रहेको स्मरण गराउदै जनताको मतलाई अबमुल्यन गर्ने, दुई÷दुई पटक संसद हत्या गर्ने केपी ओलीको खोक्रो राष्ट्रवाद पहिल्यै नैं छरपष्ट भइसकेको बताउनुभयो । उहाँले भर्खरै सम्पन्न भनिएको एमालेको महाधिवेशनबाट अझै विधि, पद्धतीको खिल्ली उडाइएको पनि बताउनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि छविलाल उप्रेतीले यस पार्टी सही कम्युनिष्ट सिद्धान्त बोकी देश, जनता, न्याय र सुशासनको लागि निर्माण भएको बताउनुभयो । सो कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्यहरु विभा कार्की, डा. द्धारिका उप्रेती, अनिल भण्डारी, जगत न्यौपाने, पवन विक, दिपक सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । जिल्ला कमिटी सदस्य मानध्वज लामाको अध्यक्षतमा भएको सो कार्यक्रमको सञ्चालन भिमसेन सापकोटा र भरत घिमिरेले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here