कलैया,कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव तिर्थराज चिलुवाल आउनु हुने भएको छ ।

यसअघि कलैया उपमहानगरपालिकामा उपसचिव स्तरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका थिए । मन्त्रालयले अहिले रिक्त रहेको सहसचिवमा अब चिलुवाललाई पठाउने निर्णय गरेको छ ।

कलैयामा पहिलो पटक सहसचिव टोकराज पाण्डे आउनुभएको थियो । पछिल्ला दिनमा भने उपसचिव तहका कर्मचारीलेनै प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । हाल कलैया उपमहानगरपालिकामा नाथु साह प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत हुनुहुन्छ ।

यसैबीच संघीय सरकारले ४९ सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार केही दिनअघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here