निजगढ,पटकपटक स्थगित हुदै आएको नेपाली काग्रेश निजगढको नगर अधिवेशन बिहीबार हुने भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ व्याङ्गकुट पार्टी प्यालेसमा अधिवेशन आयोजना हुन लागको हो । जिल्लाबाट अधिवेशन स्थगित गर्ने अर्को कुनै सूचना आएन बिहीबार नगर अधिवेशन आयोजना गरिने निजगढका सभापति महेशी कुवरले बताउनुभयो ।

यसअघि जिल्ला कार्य समितिले रोकेपछि ३ पटक मिति तोकेर पनि नगर अधिवेशन स्थगित हुदै आएको थियो । पछिल्लो पटक गत मंगलबारको लागि निर्धारण गरिएको नगर अधिवेशन कांग्रेश जिल्ला कार्यसमितिका सभापती जयचन्द्र चौरसियाको निर्देशनमा स्थगित बन्न पुगेको थियो ।

नगर कार्य समितिको नेतृत्वको लागि कांग्रेशभित्र दुई प्यानलबीच मतदान हुने भएको छ । चुनावमा संस्थापन र स्थापन इतर पक्षले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव प्रचार गर्दै आएका छन ।

संस्थापन पक्षले हालका सभापति कुवरलाई पुःन सभापतिको उम्मेदवार बनाएको छ भने संस्थापन इतर पक्षबाट नवराज तिमल्सिनाले उम्मेदवारी दिनुभएको छ । कुवरको प्यानलबाट उपसभापतीमा ज्ञानेन्द्र चौलागाई र सूर्य घलान, सचिवमा बद्री चिमोरिया र गोविन्द न्यौपाने, सहसचिवमा गोपालकाजी श्रेष्ठ र हस्तबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ ।

अर्को पक्षले नवराज तिमल्सिनाको नेतृत्वमा उपसभापतीमा ज्ञानबहादुर गोले, रामकृष्ण सिग्देल, सचिवमा मधु तिमल्सिना, अम्बिर सिंतान र सहसचिवमा सोपिला गुरुङ्गलाई चुनावमा उतारेको छ । वडा अधिवेशनमा जस्तै नगर कार्यसमितिको नेतृत्वमा चयनमा पनि काग्रेशभित्र संस्थापन र संस्थापन इतर पक्षका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

कुवँर नेतृत्वको प्यानललाई काग्रेश नेता शम्भुबहादुर बुढाथोकीको समर्थन छ भने तिमल्सिनाको प्यानललाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पक्षको समर्थन छ । मेयर खनाल भने वडा नम्बर ९ बाट यसअघि नै क्षेत्रीय प्रतिनिधिमा पराजित भइसक्नु भएको छ । अधिवेशनबाट नगर कार्यसमितिमा आगामी कार्यकालको लागि १ जना सभापती, २÷२ जना उपसभापती, सचिव र सहसचिवसहित ५१ सदस्यीय कार्य समति चयन हुने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here