निजगढ,नेकपा एमाले निजगढ नगर कमिटीको प्रथम नगर अधिवेशनको सबै तयारी पुरा भएको जानकारी दिइएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आगामी मंसिर ३ गते शुक्रबार हुने अधिवेशनको प्रचारप्रशार र व्यवस्थापनको तयारी पुरा भएको नगर अध्यक्ष दिलबहादुर लामाले जानकारी दिनुभयो । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ बैन्कुटमा हुने अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, केशव बडाल, प्रदेश नम्बर २ का सहइन्चार्ज अच्युत मैनाल, प्रदेश २ अध्यक्ष ज्वाला साह, केन्द्रीय कमिटी सदस्य प्रभु साह, बलवीर चौधरी, मोहमद समिर, पुरुषोत्तम पौडेल र राष्ट्रिय सभा अध्यक्ष कोमल वली लगायत नेताहरु सहभागी हुने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

अधिवेशनमा राष्ट्रिय जनसांस्कृतिक मञ्चको कलाकार टोली पनि सहभागी हुने बताइएको छ । अधिवेशनले १ जना नगर अध्यक्ष, उपाध्यक्ष, सचिव एक÷एक जना र २ जना सहसचिवसहित ७५ जना नगर कमिटी सदस्य चयन गर्ने छ । अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बताउनुभयो ।

नगर कमिटी सदस्य थानेश्वर सापकोटाले संचालन गरेको पत्रकार सम्मेलनमा जिल्ला कमिटी सदस्य एकबहादुर श्रेष्ठ, नारायण गौतम, निजगढ नगरपालिकाकी उपाध्यक्ष लिलादेबी लामिछाने, अम्बिका चौलागाई, भोलाप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here