वसन्त लामा

सिगौल,निजगढ नगरपालिका वडा नम्बर ३ स्थित टाँसी धार्गेलिङ बौद्ध गुम्बामा हरेक वर्ष झै यो वर्ष पनि मंगलबारबाट धार्मिक मेला सुरु भएको छ ।

४ दिनसम्म लाग्ने मेलामा तामाङ्ग समुदायका स्थानीयले आफना पित्रीको सम्झनामा कार्तिके बत्ति बाल्ने गर्दै आएका छन । यो वर्ष आमागी मंसिर ३ गते परेको पुर्णिमा तिथिमा पित्रीको नाममा गुम्बामा बत्ति बाल्ने कार्यक्रम रहेको छ । सो दिन निजगढ नगरपालिका बाहेक मकवानपुर, रौतहट र सर्लाहीका विभिन्न स्थानबाट समेत ठुलो संख्यामा आउने तामाङ्ग समुदायका श्रद्धालुहरुले बत्ति बाल्ने गरेको टाँसी धार्गेलिङ बौद्ध गुम्बाका प्रमुख ओमसाङ लामाले बताउनु भएकोछ ।

२०४१ सालमा गुम्बा स्थापना भएसंगै पित्रीको सम्झनामा बत्ति बाल्ने र गुम्बा परिशरमा मेलासमेत लाग्दै आएको छ । मेला भर्न आउने भक्तजनको मनोरञ्जनको लागि मेला व्यवस्थापन समितिले मेलामा मौतको कुवासहित रोटेपिङ, झुला, विद्युतीय रेल, हेलिप्याड, ड्राइगन रेल र विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने गुम्बा प्रमुख लामाले जानकारी दिनुभयो । मेलामा ख्याति प्राप्त गायक विजय लामालगायत चर्चित कलाकारहरुको प्रस्तुति रहेन मेला व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर लोप्चनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here