आरके चौधरी

सखुवाप्रर्सौनी,पर्साको पटेर्वासुगौली गाउँपालिकाले जेष्ठ नागरिक र एकमहिलाहरुलाई उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

दिपावली र छठ पर्व नजिकदै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि लाभग्राही सर्वसाधारणहरु हर्षित बनेका छन ।

गाउँपालिकाले वडा ४ स्थित फरदवा टोलमा रहेको सानिमा बैंकमार्फत भत्ता वितरण सुरु गरेको हो । भत्ता प्राप्त भएपछि पर्वमा खर्च टार्न सजिलो भएको भन्दै स्थानीय लाभग्राहीहरु खुशी भएका छन ।

भत्ता पाएपछि पर्वमा खर्च टार्न सजिलो भएको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ का महेश चौधरीले बताउनुभयो । उहाँले चाडबाडको बेला सर्वसाधारणलाई पैसाको खाँचो परेको बेला भत्ता वितरण गरेर गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले राम्रो काम गरेको बताउनुभयो ।

त्यसैगरी एकल महिला शान्ति देवीले पनि भत्ता बापतको रकमबाट पूजा सामग्री र लत्ताकपडा खरिद गर्न सहज भएको बताउनुभयो । उहाँले पनि गाउँपालिकाले समाजिक सुरक्षा भत्ता वितरण गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here