कोल्हबी,ईलाका प्रहरी कार्यालय कोल्हबीको टोलीले मोटरसाइकल चोरी गरेर फरार बनेका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बारागढी गाउँपालिका वडा नम्बर ६ हंगोलिया टोल बस्ने वर्ष ४५ को मेदुप्रसाद चौधरीलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

कोल्हबी नगरपालिका वडा नम्बर १ खैरामा भलिबल प्रतियोगिता संचालन भइरहेको स्थानबाट १२५ सिसीको साइन मोटरसाइकल चोरी भएको खबर प्राप्त भएपछि खटिएको टोलीले मोटरसाइकलसहित चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीमाथि चोरी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसनधान कार्य भइरहेको ईलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here