बरियारपुर,पूर्वपश्चिम लोकमार्ग अन्तरगत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ वीरेदमारमा कारको ठक्करबाट आइतबार ९ बर्षिया बालिका गम्भीर घाइते भएकी छिन ।

हेटौंडाबाट वीरगन्जतर्फ आउदै गरेको बा १३ च १६५२ नम्बरको कारको ठक्करबाट सोही ठाउँ निवासी ९ बर्षिया एन्जल रुम्बा घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

सडक पार गर्ने क्रममा भएको बालिकालाई कारले ठक्कर दिएको बताइएको छ । घाइते बालिकाको गाला र टाउकोमा चोट लागेको र उपचारको लागि चुरे हिल अस्पताल हेटौडा पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र चालक प्रहरी चौकी अमलेखगञ्जले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । यसैबीच बारा प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट २ सय ५० लिटर तयारी घरेलु मदिरा बरामद गरेको छ ।

नारायणघाटबाट वीरगन्जतर्फ आउदै गरेको ना ३ ख ५३१६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा सो परिमाणको घरेलु मदिरा बरामद भएको प्रहरीको भनाइ छ । बेवारिसे अवस्थामा रहेको घरेलु मदिरा बरामद गरिएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here