सिमरा,नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) शोषित पीडित जनताको पार्टी भएको बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका नेकपा एमाले १९ नम्बर वडा कमिटीको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो ।

उहाँले अहिलेसम्म नेकपा एमालेले जनताका समस्याहरुलाई समाधान गर्नका लागि आवाज उठाएको र जनताको चाहना अनुसार काम गर्दै आएको प नि बताउनुभयो । ‘जनताको लागि काम गर्ने पार्टी एमाले नै हो, उहाँले भन्नुभयो, एमाले देशका शोषित पीडित जनताको पार्टी हो ।’

नेता पौडेलले नेकपा एमालेलाई बिरोधीहरुले चौतर्फी घेराबन्दी गर्न लागेको उल्लेख गर्दै कार्यकर्ता र जनताको बलमा एमालेले सबै घेराबन्दी र चक्रव्युहलाई तोड्न सफल हुने पनि बताउनुभयो । जनताको अपार माया र विश्वास रहेकोले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने नेता पौडेलले बताउनुभयो । ‘अब पनि एमालेलाई कसैले हराउन सक्दैन, उहाँले भन्नुभयो, पहिलो नम्बरको पार्टी बनेर सरकारमा पुग्छ । पार्टी सरकारमा पुगेपछि एमालेले जनताको पक्षमा काम गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष देवनारायण चौधरीले एमालेलाई बारा जिल्लाको सबैभन्दा ठूलो पार्टी बनाउनको लागि लाग्न कार्यकर्ताहरुसंग आग्रह गनुर््भयो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख कृष्ण पौडेल, एमाले बारा क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेल, जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वतीदेबी चौधरी लगायतले वडा अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा राप्रपा परित्याग गरेर इनर्वासिराका तत्कालिन उपप्रधान पन्च तथा समाजसेवी गणेश चौधरी एमालेमा प्रवेश गर्नुभएको थियो ।

अधिवेशनले सुदन दास तत्माको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा राम रामनाथ राउत कुर्मी सचिवमा रामप्रसाद चौधरी, उपसचिवमा मन्जुर अन्सारी र कमल चौधरी रचयन हुनुभएको छ । त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० मा पनि लालजी ठाकुरको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ । वडा कमिटीको सचिवमा चन्द्रकान्त उपाध्याय, सहसचिवमा नहकुल सिंह र सदस्यहरुमा भैयाराम सहनी, उत्तमप्रसाद पौडेल, मोजहर अन्सारी, नन्दकिशोर कामीलगायतका रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here