वीरगन्ज,कोअपरेटिभ लिडर्स क्लब पर्साको आयोजनामा विजयादशमी, शुभ दिपावली तथा छठ पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति पर्साको सभा कक्षमा भएको कार्यक्रममा लिडर्स क्लबका अध्यक्ष रामनिवास देहातीको सभापतित्व रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेफस्कुन संचालक समितिका सदस्य हरे राम पटेल रहनु भएको थियो ।

कार्यक्रममा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष असगर अली अंसारी बिशिष्ट अतिथि रहनु भएको थियो । अथितिका रुपमा जिल्ला बचत संघका उपाध्यक्ष राकेश यादब, जिल्ला बचत संघ पर्साका संचालक नगनारायाण सिंह, जिल्ला बचत संघ पर्साका संचालक विजय गुप्ता, जिल्ला बचत संघ पर्साका संचालक गिरीराज कडेल, कृषि सहकारी संघका अध्यक्ष शिव कुमार, श्रीनिधि साकोसका उपाध्यक्ष मनोज गुप्ता, युवा सोरोजगारका सुनिलकुमार रौनियार, जयअम्बे महिला सहकारीकी निरा झा, गोदावरी साकोसका अध्यक्ष प्रदिप पटेल, फूल साकोसका अध्यक्ष संदिप पटेल, नवजिवन साकोसका राम बिनेश ठाकुर, हृदयनारायण शाह, ताज साकोसका अध्यक्ष ताज मियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन धार्मराज कुश्वहाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here