वीरगन्ज,सामुदायिक रेडियोमा ‘कोभिड महामारीको प्रभाव’ बिषयक कार्यशाला गोष्ठी वीरगन्जमा बुधबार सम्पन्न भएको छ ।

वीरगन्जको होटेल भिस्वामा सामुदायिक रेडियो नारायणी एफएमको आयोजनामा र अर्माक एशिया प्रशान्त कार्यालयको सहयोगमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कार्यशाला गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले कोरोना संक्रमण जस्तो महामारीमा सामुदायिक रेडियोसहितका संचार जगतले उल्लेखनीय भुमिका खेलेको बताउनुभयो । उहाँले महामारीमा संचार माध्यमको भुमिका र सहयोग बिना कोरोना संक्रमण नियन्त्रणमा सरोकारवालालाई चुनौति सामना गर्नुपर्ने अवस्था बनेको बताउनुभयो ।

कार्यशालामा सहभागी प्रदेश २ को महोत्तरीदेखि पर्सासम्मका सामुदायिक रेडियोका संचालक र पत्रकाहरुले कोरोना महामारीमा भोग्नु परेका समस्या र अनुुभवलाई सुनाएका थिए । कार्यशालामा सामुदायिक रेडियो प्रशारक संघका प्रदेश २ उपाध्यक्ष उपासना तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश २ का महासचिव श्याम बन्जरा, पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलगायतकाले आआफ्ना अनुभव सुनाएका थिए । कार्यशालाको सहजीकरण सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here