कलैया,बाराका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतलाई वीरगन्जस्थित मुनलाईट माद्यामिक विद्यालयले बिहीबार सम्मान गरेको छ ।

२०३८÷३९ सालमा मुनलाईट स्कुलमा अध्ययन गरेर हाल सशस्त्र प्रहरी उपरीक्षक बन्नुभएका कर्णजीतलाई विद्यालयमा आयोजिक एक औपचारिक कार्यक्रममा सम्मान गरिएको हो । विद्यालयका संस्थापक प्रधानाध्यापक श्याम केसीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कर्णजीतले सफलता प्राप्त गर्नका लागि मेहनत गर्नुपर्ने बताउनुभयो ।

मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा ईमानदारी हुने व्यक्तिले जिन्दगीमा कहिलै पछाडि फर्किएर हेर्नु नपर्ने कर्णजीतले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सुलभ केसी र प्रधानाध्यापक श्याम केसीले सशस्त्र प्रहरी उपरीक्षक कर्णजीतलाई खादा र मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा अन्तर विद्यालय स्तरीय चेस प्रतियोगितामा छनौट भएका जुनियर र सिनियर गरी १६ जना छात्रछात्रालाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बाराका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतसहित विद्यालयका शिक्षक, शिक्षिका, अभिभावकसहित विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here