इतिहास साक्षी छ, नेपालमा नै कुनै समय रेल गाडी चल्थ्यो त्यो पनि तपाई हाम्रे घर आँगन अथवा पर्सा र बाराको छेऊबाट । बाराको अमलेखगन्जसम्म रेल चलेको थियो तर आजको पुस्ताका लागि यो एकदेशको कथा जस्तो भएको छ । नेपालमा राजनीतिक परिवर्तन जति भएपनि केही कुरा नेपालले गुमाएको छ । यही रेल मार्ग गुमाएको छ ।

यो कथा बनाइएको छ यो नेपाल र नेपालीका लागि दुर्भाग्यको कुरा हो । यही दुर्भाग्य भएपनि वीरगन्जमा धेरै वर्षपछि फेरि रेल आएको छ । वीरगन्जको सिर्सिया जो भारतसंग जोडिएको सीमा नाका भएपनि जोडिएकै भएकाले रेल आउनु आफैमा सकरात्मक कुरा हो । यसले नेपालको पर्यटन व्यवसाय मात्रै होइन आर्थिक क्षेत्रमा कायापलन हुने अवस्था छ ।

यसअघि भारतीय सरकारको मात्रै एकाधिर रहेकाले समयमा रेल आउने गरेको थिएन जसले गर्दा नेपाली आयातकर्ताहरुलाई निकै समस्या भएको थियो । नेपाली आयातकर्ताहरुले बुधबार रेल आएपछि अहिले खुसीयाली मनाएका छन् । उनीहरुले भारतको एकाधिर तोडिएकोमा खुसी पनि भएका छन् । जे होस् अब रेल संचालनमा झेल नहोस् यही कामना गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here