सेढवा,पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार भएको कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका वडा नम्बर– ८ का २० वर्षीय राजचन्द्र दास पक्राउ परेका हुन् । उनी सन्दीप दासको नाममा परीक्षा दिन आएको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको पाइएको प्रहरीको भनाइ छ । प्रवेश पत्रमा सन्दीपको तस्वीर उप्काएर राजचन्द्रको फोटो टाँसिएको थियो । सन्दीप र राजचन्द पर्सागढी नगरपालिका वडा नम्बर ८ का वासिन्दा हुन् । यसअघि स्थगित भएको कक्षा १२ को परीक्षा बुधबारदेखि सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here