सिमरा,बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा भएको तोडफोडबारे गृह मन्त्रालयले अनुगमन, निरीक्षण र छलफल शुरु गरेको छ । गत भदौ ११ गते उद्योगको जस्ताापाता प्लान्टका लागि राखिएको एमोनियम ग्याँस लिक भएर वस्तिमा फैलिएपछि त्रसित बनेका स्थानीयले नागरिकको स्वास्थ्यमाथि चरम लापरबाही गरेको भन्दै कारखानामा तोड्फोड् र तालाबन्दी गरेका थिए ।

आक्रोशित स्थानीयले उद्योगका अत्यावश्यक सामग्री र विद्युतीय उपकरणमा समेत तोडफोड गरेको र ठुलो क्षति पुगेको उद्योग प्रशासनको दाबी छ । सोही क्षेतिको अनुगमन र स्थानीय सरोकारवालाहरुसँग छलफलका लागि भनेर गृह मन्त्रालयले सह–सचिव टेकराज निरौला संयोजकत्वको ९ सदस्यीय टोली गठन गरेको थियो । टोलीमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, स्वास्थ्य तथा वातावरण मन्त्रालय, राष्ट्रिय अनुसन्धान लगायतका अधिकारीहरु सदस्य रहेका छन् । टोलीले बाराका प्रमुख जिल्ला अधिकारी सुरेशन्द्र पौडेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवालाहरुसँग छलफल गरिरहेको छ ।

यसै क्रममा गृह मन्त्रालयको टोलीले स्थानीय सञ्चारकर्मीहरुसँग छलफल गरि समस्या समाधान सम्बन्धी सुझाव माग गरेको छ । सञ्चारकर्मीहरुले यस किसिमको क्षेति हुँन नदिन उद्योगले स्थानीयसँगको सम्बन्धलाई बलियो बनाएर राख्नु पर्ने सुझाव दिएका छन् ।

औद्योगिक प्रदुषण र यसबाट निम्तिएका समस्या जगदम्बा स्टिलमा मात्र सिमित नभएको भन्दै उनीहरुले व्यापारिक मार्गका सबै उद्योगहरुको नियमन र आवश्यक कारबाहीमा राज्य गम्भीर बन्नु पर्ने बताएका छन् । टोलीले घटनाको कारण र क्षतीको विवरण पत्ता लगाएर आगामी दिनमा क्षेति दोहोरिन नदिने विषयमा सुझाव समेत संकलन गरि प्रदिवेदन तयार पार्ने गृहका सह–सचिव निरौलाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here